२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सनराइज क्यापिटलको ७.७२ करोड नगद लाभांश पारित

लक्ष्मी सनराइज क्यापिटलको ७.७२ करोड नगद लाभांश पारित

880
Shares

काठमाडौं – लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा मिति २०८१/०७/२१ गते शुक्रवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८२/०८३ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक श्री एन.बि.एस.एम एण्ड एशोसिएट्स लाइ नै निरन्तरता दिने निर्णय गरियो । साथै, आषाढ मसान्त २०८२ को वासलात बमोजिम प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् रु.७.७२ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो ।

नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले महव्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

कम्पनीले करिब ६ अर्व बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा छ वटै म्युचुअल फण्डले आ.व. २०८१/०८२ को मुनाफाबाट दोहोरो अंकको  प्रतिफल वितरण गर्न सफल भएको छ । साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत एक अरब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्ने उद्देश्य राखेको छ ।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, Operating Principles of Impact Management (Impact Principles) मा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो । यो एक विश्वव्यापी संस्था हो, जसको सिद्धान्तले सामाजिक र वातावरणीय प्रभाव सहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राख्दछ । यो सदस्यताले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको दिगो र उत्तरदायी लगानी प्रतिको प्रतिबद्धतालाई दर्शाउँछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij