२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

आजबाट चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

735
Shares

काठमाडौं – चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजबाट पुनः सञ्चालनमा आएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो।

केबलकार सेवा पुनः सुचारु भएपछि पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने चन्द्रागिरि हिल्सले जनाएको छ।

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्ण रुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij