काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लिलाम बिक्रीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।
कम्पनीले यसअघि हकप्रद शेयर निष्कासन गर्दा बाँडफाँडमा नपरी बाँकी बसेको सर्वसाधारण समूहको १ लाख ८९ हजार ९२७ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको थियो।
बिक्री अवधिभर परेका बोलपत्रहरू खोली कात्तिक २० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो। बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २४४ रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।
तसर्थ २४४ रुपैयाँमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड भएको छ। शेयर नपाएकाहरूको रकम कात्तिक २३ गतेदेखि फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij