२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दार्चुला पावरले आईपीओ निष्कासन गर्ने

दार्चुला पावरले आईपीओ निष्कासन गर्ने

980
Shares

काठमाडौं – दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनिले आईपीओ निष्कासन प्रस्ताव सहित साधारणसभा आब्हान गरेको । नवौं वार्षिक साधारणसभामंसिर १२ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे बस्ने भएको छ ।

उक्त साधारणसभामा साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्नका लागि पूँजी संरचना वृद्धि सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, समान उद्देश्य भएका कम्पनीसँग मर्जर लागि र थप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

यसका साथै गत आर्थिक वर्षको अध्यक्षद्वारा पेश गरिने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल तथा स्वीकृत गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij