२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

1.5K
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको छ। पौडेलको प्रवक्ताको कार्यकाल आज (कात्तिक १९ गते) देखि लागू हुनेछ।

पौडेलले वि.सं. २०५९ सालमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। करिब दुई दशक लामो बैंकिङ करिअरमा उनले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागमा जिम्मेवारी सम्हालेका छन्।

समृद्ध प्रशासनिक र नीतिगत अनुभव भएका पौडेल हाल बैंकको मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij