२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रो कम्पनिको शेयर सूचीकृत

नेप्सेमा एक हाइड्रो कम्पनिको शेयर सूचीकृत

905
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ। कात्तिक १९ गते नेप्सेमा कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता गरी कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोली अर्थात कात्तिक २० गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई डिएचईएल स्टक टिकर दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij