२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिभर फल्स पावरका अवितरित शेयर बिक्री खुला

रिभर फल्स पावरका अवितरित शेयर बिक्री खुला

715
Shares

काठमाडौं- रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासनपश्चात बाँकी रहेका १० लाख ३८ हजार ९२४ कित्ता अवितरित शेयर लिलाममा बिक्रीका लागि राखेको छ। कम्पनीले यसअघि भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड सम्पन्न गरेको थियो।

कम्पनीले लिलामी शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० निर्धारण गरेको छ। उक्त शेयरमा कम्पनीका विद्यमान संस्थापक, सर्वसाधारण लगानीकर्ता, कम्पनी तथा संघ–संस्थासहित इच्छुक सबैले सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

लिलामी शेयर खरीदका लागि आवेदन दिन न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम सीमा तोकिएको छैन अर्थात् इच्छुकले सम्पूर्ण शेयर माग गर्न सक्नेछन्।

बोलपत्र कात्तिक २६ गतेदेखि मंसिर ३ गतेभित्र पेश गर्नुपर्नेछ। बोलपत्र फाराम बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा उपलब्ध हुनेछ। साथै प्रभु बैंकका विराटनगर, पोखरा, वीरगञ्ज, हेटौंडा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा पनि फाराम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij