२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडको कारोबार

नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडको कारोबार

1K
Shares

काठमाडौं– आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अकंले घटेर २५९५.२४ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । फाइनान्सको शेयर मूल्य २.२१ प्रतिशतले घटेको हो । अन्य १२ उपसूचक समेत राताम्य भएका छन् । आज विकास बैंक १.४७ प्रतिशत र जीवन बीमा समूहको १.४४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको ओरालो लागेको छ । ३ कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको देखिन्छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड माथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij