२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा

1.6K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । कार्तिक १७ गतेको निर्णय अनुसार राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशक मध्ये ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको हो। कार्तिक १९ गतेदेखि लागु हुने गरि कार्यकारी निर्देशकहरुको सरुवा भएको हो।

विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने विदेशी विनिमय व्यवस्थापन विभागमा किरण पण्डितलाई लगिएको छ । पण्डित भुक्तानी प्रणाली विभागमा कार्यरत थिए । जसअनुसार भुक्तानी प्रणाली विभागमा सत्येन्द्र तिमिल्सिनालाई सारिएको छ । तिमिल्सिना वित्तीय संस्था सुपरिभिजन विभागमा थिए । वित्तीय संस्था सुपरिभिजन विभागको जिम्मेवारी विश्रुत थापालाई दिईएको छ । उनी मानव संशाधन विभागमा कार्यरत रहेका थिए ।

गुरुप्रसाद पौडेलले मानव संशाधन विभागको जिम्मेवारी पाएका छन् । उनले बैंक तथा वित्तीय संस्था नियमन विभागमा समालेका थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागमा रामु पौडेललाई लगिएको छ । पौडेल मुद्रा व्यवस्थापन विभागमा थिए ।

त्यस्तै, मुद्रा व्यवस्थापन विभागमा अनुज दाहाललाई सारिएको छ भने उनी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा थिए । राजन विक्रम थापाले संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । उनी गभर्नरको कार्यालयमा थिए ।

दयाराम शर्मा गभर्नर कार्यालयको जिम्मेवारीमा पुगेका छन् भने यसअघि उनी मौद्रिक व्यवस्थापन विभागमा रहेका थिए । मौद्रिक व्यवस्थापन विभागमा डिल्लीराम पोख्रेल पुगेका छन् । पोख्रेल बैकिङ विभागमा थिए । बैकिङ विभागको जिम्मेवारी लिन रोशनकुमार सिग्देल पुगेका छन् । यसअघि उनी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij