काठमाडौं – नेपाली बजारमा आज कार्तिक १८ गते मंगलबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १४ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मुल्य तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको छ। सोमबार तोलामा चाँदी ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij