२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने

हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने

870
Shares

काठमाडौं – विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद शेयर जारी गर्नुको उद्देश्य कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्नु रहेको छ।

हकप्रद शेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिएर आगामी साधारणसभाबाट पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij