२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफ इन्स्योरेन्स ‘त्रिपल बी प्लस’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स ‘त्रिपल बी प्लस’ रेटिङमा

1.5K
Shares

 

 

काठमाडौं –सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट त्रिपल बी प्लस  रेटिङ प्राप्त गरेको छ।

यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

त्रिपल बी प्लस’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।

कम्पनीले  ग्राहक वर्ग , अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ।

हाल कम्पनीको देश भरिमा  १४८ शाखा तथा उप शाखा बाट सेवा  संचालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij