२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

925
Shares

काठमाडौं- सन् २०२५ को अक्टोबरमा १ लाख भन्दा बढी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका हुन्।

पर्यटकीय सिजन चलिरहँदा अक्टोबरमा पर्यटकको संख्या उत्साहजनक देखिएको छ। यससँगै २०२५ को १० महिनामा नेपालमा ९ लाख ४३ हजार ७१६ जना पर्यटक भित्रिएका छन्।

अक्टोबरमा आएका पर्यटकमध्ये १७ हजार भारतीय, १३ हजार अमेरिकी, ८ हजार बेलायती र ६–६ हजार चिनियाँ तथा जर्मन रहेका छन्।

पछिल्ला १० महिनामा सबैभन्दा धेरै भारतबाट २ लाख ४३ हजार पर्यटक आएका छन् भने त्यसपछि अमेरिका, चीन र बेलायतका पर्यटक क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij