काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ८ प्रतिशत नगद (८ करोड २७ लाख २५ हजार रुपैयाँ) लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले १२औं वार्षिक साधारण मंसिर १२ गते बुटवलमा बस्ने गरी बोलाएको छ । गत आर्थिक वर्षको लाभांश वितरण गर्न यही कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij