२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर बिक्रीमा

860
Shares

काठमाडौं –नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।बैंकले यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर असोज ९ गतेदेखि ३५ दिनको अवधि तोकी कुल ८८ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेकोमा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यसमा अहिले बैंकका संस्थापक शेयरधनीहरू बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायतले आवेदन दिन सक्नेछन्। यसका लागि आगामी ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij