काठमाडौं – आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ विन्दुमा पुगेको हो। आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
कारोबारमा आएकामध्ये व्यापारमूलक बोहक सबै समूह बढेको छ। सबैभन्दा धेरै वृद्धि वित्त कम्पनी समूह र जीवन बीमा कम्पनी समूहमा देखिएको छ।
आज सबैभन्दा धेरै हिमालयन बैंक प्रोमोटर शेयर कारोबार भएको छ । आज यस बैंकको १ अर्ब ६६ करोडको संस्थापक शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij