काठमाडौं-सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ। कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ।
कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन। रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ।
कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ। यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij