२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आब्हान

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आब्हान

885
Shares

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले साधारणसभा आब्हान गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले मंसिर ६ गते सुनसरी उद्योग वाणिज्य संघ धरानमा बस्ने गरी साधारणसभा बोलाएको हो ।

साथै, बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पनि साधारणसभाबाट पारित गराउने भएको छ । कुल एक अर्ब २१ करोड ७१ लाख रुपैयाँले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैँया नगद लाभांश वितरण गर्न लागेको हो ।

साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गर्न सञ्चालक समिति तथा यसअन्तर्गत्को मर्जर समितिलाई अख्तियार दिने निर्णय पनि गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij