काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णहरु सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन ।
१) सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची-२ मा हेरफेर गर्ने। ( पदाधिकारी तथा सदस्यको सचिबालयको दरबन्दी घटाइएको)
२) २०८२ मसिर ९ देखि १३ गतेसम्म पेरुको लिमामा आयोजना हुने International Treaty on Plant Genetic Resources for Foodand Agriculture को Governing Body को एघारौं अधिवेशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति दिने,
३) २०८२ मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औं INTERPOL महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने,
४) राष्ट्रिय सभा सदस्यको रिक्त पद पुर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने,
५) देहायका क्षेत्र/प्रणालीहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको यकिन गरी विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने,
क) वैदेशिक रोजगार सेवासम्बन्धी,
ख) अदालतका मुद्धा व्यवस्थापनसम्बन्धी,
ग) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी,
घ) स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद व्यवस्थापनसम्बन्धी,
ङ) अध्यागमन सेवासम्बन्धी,
च) बन्दीको पहिचान, प्रमाणीकरण विवरणसम्बन्धी तथा बन्दीहरूको,
६) समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने,
७) बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल – यूरोपेली संघबिचको संयुक्त आयोगको सोह्रौं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डलको मिति २०८२ मङ्सिर ९ देखि १५ गतेसम्मको भ्रमण स्वीकृत गर्ने,
८) कतारको दोहामा आयोजना हुने Second World Summit for Social Development विषयक कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको औपचारिक भ्रमण स्वीकृत गर्ने,
९) नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने,
१०) २०८२ मङसिर १ देखि ३ गतेसम्म थाइल्याण्डको वैङ्ककमा आयोजना हुने Sixth Session of the Tokyo Convention Committee and the Nineteenth Session of the Bangkok envention Committee को कार्यक्रममा सचिव (शिक्षा) श्री चुडामणि पौडेललाई सहभागी हुन स्वीकृति दिने ।
११) छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij