२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

1.2K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कात्तिक १४ गते, शुक्रबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात गुराँस लघुवित्तको शेयरमूल्य २ हजार २१ रुपैयाँ ८८ पैसा र मुक्तिनाथको १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने मुक्तिनाथको १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij