२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकद्वारा निवर्तमान ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

कुमारी बैंकद्वारा निवर्तमान ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

1.1K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल शुरु भएको वर्षदेखि हरेक वर्ष एक लाख रुपैयाँको दरले छात्रवृत्ति स्वरूप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ।

यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु भएको बैंकले जनाएको छ। सोही परम्परालाई निरन्तरता दिंदै बैंकले सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११ रुपैयाँ छात्रवृत्ति स्वरूप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरू तथा ३१७ एटीएम मार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij