काठमाडौँ -नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij