रेटिङ सेवा प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर ३ गते साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पूंजीको ४७.३११४१५२७७ प्रतिशतले हुने नगद लाभांश रु ३,४०,६४,२१९ / – (नगद लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ।
यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको गत आवको वित्तीय विवरण पारित गर्ने, आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij