काठमाडौं – वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणतर्फको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गरेको छ।
कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेकोमा सो अवधिभित्र परेका बोलपत्रहरू असोज २८ गते खोलेर कात्तिक २ गते बाँडफाँड गरिएको हो।
बाँडफाँको अन्तिम मूल्य (कट अफ प्राइस) १८४.६० रुपैयाँ कायम भएको छ। उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ।
साथै बाँडफाँडमा नपरेकाहरूको रकम भोलि कात्तिक १२ गतेदेखि कनेक्ट आईपीएस मार्फत् सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij