२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालय सेक्युरिटिजको साधारणसभा आह्वान

हिमालय सेक्युरिटिजको साधारणसभा आह्वान

1.5K
Shares

काठमाडौं-  हिमालय सेक्युरिटिज बैंकर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ४ गते नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो।

हिमालयन रिइन्स्योरेन्सको सहायक कम्पनी नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त मर्चेन्ट बैंकर कम्पनी हो ।

 सभामा पेश हुने प्रस्तावहरु : –

१) आर्थिक वर्ष २०८१/०८२ को संचालक समितिको दोस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा/ नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को बाह्य लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने ।

४) हिमालयन रिइन्स्योरेन्स लिमिटेडबाट सञ्चालक समितिमा भएको परिवर्तन तथा नयाँ नियुक्ति सभाबाट अनुमोदन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij