काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनीको नाममा रहेको २ हजार २६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले हाल सो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र कैलालीस्थित कम्पनीको केन्द्रीय कार्यालय वा बुढानीलकण्ठस्थित कम्पनीको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।
संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij