२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटको मिति तय

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटको मिति तय

1.5K
Shares

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ मिति तय भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ कात्तिक १२ गते बिहान बाँडफाँटको तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् । आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो ।

मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुँदा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । सोहि मध्यका ३ जनाले भने १।१ कित्ता थप गरी ११ कित्ता शेयर पाउने छन् । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij