२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सप्तकोसी सिमेन्टले आईपीओ जारी गर्ने

सप्तकोसी सिमेन्टले आईपीओ जारी गर्ने

1.5K
Shares

काठमाडौं – सप्तकोसी सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य एजेण्डासहित साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २४ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राधाभवनमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, लाभांश वितरण गर्ने, निजी लगानीकर्ताहरुलाई आह्वान गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij