२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेडिकेटेड तथा ट्रंक लाइन विवाद : चार कम्पनीको बिजुलीको लाइन काटियो

डेडिकेटेड तथा ट्रंक लाइन विवाद : चार कम्पनीको बिजुलीको लाइन काटियो

2.1K
Shares

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान चार कम्पनीको बिजुलीको लाइन काटेको छ । प्राधिकरणले दीपावली सकिएलगत्तै बिजुलीको लाइन काट्न सुरु गरिसकेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायमै रहेका बेला प्राधिकरणले आज बिहानै चार कम्पनीको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायम रहेको बेला घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको हो ।

प्राधिकरणले दीपावली सकिएलगत्तै यी कम्पनीको बिजुली काटेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरूले बक्यौता रकम तिर्न सक्ने बताए। किस्ताअन्तर्गत पहिलो किस्ता तिरेमा काटिएको लाइन पुन: जोडिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij