२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लघुवित्तको साधारणसभा कात्तिक २३ गते हुने

गुराँस लघुवित्तको साधारणसभा कात्तिक २३ गते हुने

1.6K
Shares

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे १०औं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्ति गर्नेछ।

साथै सो सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र पछि पनि त्यसो गर्न परेमा सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा कात्तिक १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij