२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन डिष्टिलरीको साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

हिमालयन डिष्टिलरीको साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

1.3K
Shares

काठमाडौं -हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनिले शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर अर्थात् १० कित्ताका लागि २ कित्ता बोनस र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। शेयरधनीलाई वितरण गर्ने निर्णय गरेको लाभांश पारित गर्न कम्पनीले यही कात्तिक ३० गते आइतबार पर्सा जिल्लाको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि २५औं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त सभाले गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, ५ सञ्चालकको अवधि ४ वर्ष थप्ने, कम्पनीको ब्राण्डका मदिरा उत्पादन अरू कम्पनीबाट पनि गर्ने गरी सम्झौता गर्ने र सञ्चालक समितिका सदस्यको दुर्घटना तथा औषधोपचार सेवा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी बोनस शेयर वितरणछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्ने बताएको छ। यसर्थ कात्तिक १९ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij