२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

1.9K
Shares

काठमाडौं– नेपाली बजारमा कार्तिक २ गते सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आईतबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij