२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोयल इन्फिल्ड स्क्र्याम ४४० नेपालमा दुई भेरियन्टमा सार्वजनिक

रोयल इन्फिल्ड स्क्र्याम ४४० नेपालमा दुई भेरियन्टमा सार्वजनिक

2.5K
Shares

विश्वकै अग्रणी मिड-साइज मोटरसाइकल ब्रान्ड रोयल एनफिल्डले नेपालमा आफ्नो नयाँ मोडेल स्क्र्याम ४४० (Scram 440) औपचारिक रूपमा सार्वजनिक गरेको छ। एडभेन्चरवाट जन्मिएको र शहरी गतिशीलताका लागि डिजाइन गरिएको यो क्रसओभर मोटरसाइकलले अफ-रोड क्षमता र सहरमा सुलभ सवारीको अद्भुत संयोजन प्रस्तुत गर्छ।

बलियो एलएस ४४० इन्जिनद्वारा सञ्चालित स्क्र्याम ४४० ले २५.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पादन गर्छ, जसले सवारीलाई सहज र शक्तिशाली बनाउँछ। ६-स्पिड गियरबक्स, १९/१७ इन्च ड्युअल-पर्पोज टायर, २०० मिमि ग्राउन्ड क्लियरेन्स र ७९५ मिमि सिट हाइटले यसलाई सहरदेखि अफ-रोड ट्रेलसम्मका यात्राका लागि उपयुक्त बनाएको छ।

मोटरसाइकल दुई भेरियन्टमा उपलब्ध छ । ट्रेल भेरियन्ट: स्पोक व्हील र ट्यूब टायरसहित, ट्रेल ब्लू र ट्रेल ग्रीन रंगमा, फोर्स भेरियन्ट: एलोय व्हील र ट्यूबलेस टायरसहित, फोर्स ब्लू, फोर्स ग्रे र फोर्स टील रंगमा रहेको छ ।

नेपालभरका सबै डिलरशिपहरूमा बुकिङ खुला भइसकेको छ र यसको मूल्य ६,८९,९०० रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।

रोयल एनफिल्डका चीफ कमर्शियल अफिसर यदविन्दर सिंह गुलरियाले भने, “नेपाल हाम्रो लागि तीव्र गतिमा बढ्दो र उत्साहजनक बजार हो। स्क्र्याम ४४० ले नेपालका विविध भू-भागका लागि आदर्श सवारी अनुभव दिनेछ।”

सन्तुलित एर्गोनोमिक्स, एलईडी हेडलाइट, स्विचेबल एबीएस, र सुधारिएको सस्पेन्सन प्रणालीले स्क्र्याम ४४० लाई सुरक्षित र रमाइलो यात्रा अनुभव दिने सुनिश्चितता दिएको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij