२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशन गर्न पाए थप समय

बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशन गर्न पाए थप समय

1.5K
Shares

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको लेखा परिक्षण नभएको (अपरिस्कृत) वित्तीय विवरण प्रकाशित गर्न थप समय पाएका छन्।

त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले समय थप गरिदिएको हो। अब बैंकहरूले कात्तिक २१ गतेसम्ममा वित्तीय विवरण प्रकाशित गरे हुने भएको छ।

त्यस्तै बैंकहरूले पाकेको ब्याजमध्ये कात्तिक १५ गतेसम्म उठेको ब्याजबाहेकको रकमबाट विभिन्न खर्च देखाएर बाँकी रकमलाई नियमनकारी कोषमा जम्मा गर्नुपर्ने भएको छ।

आयकर, कर्मचारी बोनस र कोषहरूमा जम्मा गरेको रकम कटाएर बाँकी रकमलाई सञ्चित मुनाफा कोषमा खर्च भएको देखाएर नियमनकारी कोषमा जम्मा गर्न भनिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij