काठमाडौं- नेपालकै अग्रणी इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन ईमासले आफ्नो विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोड्दै धनगढीको बोराडाँडीमा अत्याधुनिक थ्रीएस शोरूमको भव्य उद्घाटन गरेको छ। यो शोरूम जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालनमा आएको हो।
उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरमा प्रोटोन ईमास ७ का तीन वटा सवारीसाधन ग्राहकलाई हस्तान्तरण समेत गरिएको थियो, जसले सुदूरपश्चिम क्षेत्रमा ब्रान्डप्रतिको बढ्दो विश्वास र उत्साह झल्काएको छ।
नयाँ थ्रीएस सुविधा केन्द्रले सेल्स, सर्भिस र स्पेयर पार्ट्स का सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराएको छ। अत्याधुनिक प्रविधियुक्त यो केन्द्रले धनगढीका ग्राहकहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
कार्यक्रमका क्रममा प्रोटोन ईमासका मालिकहरू ले आफ्ना सकारात्मक अनुभवहरू साझा गर्दै, सवारीको दिगोपन र प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूको अनुभवले नयाँ ग्राहकहरूलाई तत्क्षण बुकिङमा आकर्षित गरेको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij