२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

2K
Shares

काठमाडौं – नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा सामोआलाई विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले विशाल लक्ष्य दिएको छ । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए ।

लोकेश बमले ११ बलमा ३९ रन बनाएर फिनिसिङ गरे । रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेलले १७ रन बनाए । सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij