२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनचाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

1.8K
Shares

काठमाडौं – नेपाली बजारमा असोज ३१ गते सुनचाँदीको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij