२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

1.4K
Shares

काठमाडौं -प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

तोकिएको समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij