२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

1.6K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३८ अकंले घटेर २४९९.७८ बिन्दुमा आएको छ । आज ३१८ कम्पनीको ७२ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij