काठमाडौं–नेपाली बजारमा असोज २९ गते सुनको मूल्यले बढेर रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij