२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले गरे पद तथा गोपनियताको सपथ ग्रहण

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले गरे पद तथा गोपनियताको सपथ ग्रहण

1.5K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले आज मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम वहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बैंकको गत शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संचालकमा निर्वाचित आचार्यलाई सोही दिन वसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij