२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘फस्ट पे टेक्नोलोजी’ को लाइसेन्स रद्द

‘फस्ट पे टेक्नोलोजी’ को लाइसेन्स रद्द

1.4K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजी प्रा.लि.को भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरेको छ। राष्ट्र बैंकले  सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। फस्ट पेले २०७६ फागुन १३ गते राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स लिएको थियो।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३ (६) बमोजिम फस्ट पेको लाइसेन्स रद्द गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ। उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले सूचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij