काठमाडौँ- अब एटिएम कार्डबाट दैनिक ५० हजार मात्र झिक्न पाइने भएको छ। यसअघि दैनिक १ लाख झिक्न पाइने व्यवस्था रहेकोमा राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
अब कार्डबाट एकपटकमा २० हजार मात्र झिक्न पाइने भएको छ। यसअघि २५ हजार मात्र झिक्न पाइने व्यवस्था थियो।
त्यस्तै अब एक महिनामा तीन लाख मात्र झिक्न पाइने छ। यसअघि महिनामा ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij