२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य

2K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि वसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यस भन्दा अगाडी पनी बैंकको अध्यक्ष पदमा थिए ।

बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गतबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij