२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिनेअन्तिम दिन

आज शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिनेअन्तिम दिन

1.1K
Shares

काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो हकप्रदमा आज असोज २३ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात १ कित्ता शेयर बराबर नयाँ १ कित्ता हकप्रद शेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर जारी गर्न कम्पनीले गते साउन १६ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन १५ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयर भर्न पाउनेछन्।

शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडाबाट आवेदन दिन सक्नेछन्।

साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत तथा सीडीएससीको ‘मेरो शेयर’बाट पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij