काठमाडौँ — एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने असोज २३ गते, बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् असोज २४ गतेदेखि बुकक्लोज गर्ने भएको छ।
यस अनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गरी शेयरधनी बनेकाहरूले बैंकको आगामी साधारण सभामा सहभागी हुनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले कात्तिक १२ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा आफ्नो ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे प्रारम्भ हुनेछ।
उक्त सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने करसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य नियमित एजेन्डामाथि पनि निर्णय गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij