२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा भारी गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

शेयर बजारमा भारी गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

1.5K
Shares

काठमाडौं- आज मंगलबार नेप्से परिसूचक ५८ दशमलव ५५ अंकले घटेर २,६०४ को विन्दूमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ ।

आज जम्मा १६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज कारोबार भएका सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् । जसमा २३५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ भने जम्मा १६ वटाको मात्र शेयरमूल्य बढेको छ । मंगलबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij