२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा निरन्तर उच्च रेकर्ड

सुनको मूल्यमा निरन्तर उच्च रेकर्ड

1.6K
Shares

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँ बढेको छ भने चाँदी ऐतिहासिक उचाईमा पुगेर स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको मूल्य सोमबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर खरिदबिक्री हुने भएको हो । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij