२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य सँगसँगै

2.6K
Shares

चितवन- पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उहाँले आग्रह गर्नुभएको छ । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij