काठमाडौं – चर्चित गायक खुमन अधिकारीको स्वरमा नयाँ भजन दुर्गा माता जपन सार्वजनिक भएको छ । विशेषता के छ भने यस भजनमा अधिकारी परिवारका तीन पुस्ताको आवाज सुन्न सकिन्छ ।
भजनमा गायक अधिकारीसँगै उनकी आमा नमकला अधिकारी र छोरा आहान अधिकारीले स्वर दिएका छन् । अधिकारी परिवारको तीन पुस्ताको स्वर एउटै गीतमा अटाएको यो पहिलो प्रयास मानिएको छ ।
गीतमा अस्मिता डल्लाकोटी, शिव शर्मा, श्यामकला भण्डारी र बन्दना पाण्डेले पनि स्वर दिएका छन् । शब्द विष्णु न्यौपानेको रहेको यस भजनमा संगीत भने स्वयं खुमन अधिकारीकै रहेको छ ।
सामूहिक स्वरमा रुपी सिंजली मगर, ज्ञानु परियार, राजेन्द्र बाजुराली र गोविन्द पराजुलीले साथ दिएका छन् ।
भिडियोतर्फ पूजा ठकुरीको निर्देशन, सुमन बजगाईको छायांकन र विनोद बमको सम्पादन रहेको छ । सार्वजनिक गरिएको म्युजिक भिडियोमा गायक अधिकारीसहित अन्य कलाकारहरूको पनि अभिनय रहेको छ ।
यो भजन खुमन अधिकारीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij